+
+
Shares

पर्यटन व्यवसायीलाई अर्थमन्त्रीले भने-खोप आएपछि सहज हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १७:१८

६ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप आएपछि मुलुक भित्र पर्यटकीय वातावरण सहज हुने भन्दै आश्वास्त हुन पर्यटन क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् । कोभिड १९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने समेत उनको प्रतिवद्धता छ ।

मंगलबार पर्यटन र होटल व्यवसायका प्रतिनिधिसँग अर्थ मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले ल्याएका राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमको प्रभावकारी कार्यान्वनयमा जोड दिइने बताए ।

बजेट, मौऽकि नीति लगायतमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या समाधान गर्न अग्रसर रहेको भन्दै उनले आवश्यक परेको अवस्थामा सहजीकरण र सहयोग गर्ने उल्लेख गरे । कोभिड १९ को भ्याक्सिन आइसकेपछि स्थिति सहज हुने उनको विश्वास छ । उनले पर्यटन व्यवसायको क्षेत्रमा विद्युत डिमाण्ड शुल्क छुटका लागि भएको मागका सम्बन्धमा थप छलफल गर्ने उल्लेख गरे ।

उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उउड्यान मन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखा परेका समस्या समाधान गर्न मन्त्रालयले सम्बन्धित क्षेत्रसँग छलफल गरेको जानकारी दिए । उनले कोभिड १९ गर्दा सरकारलाई परेको अप्ठारालाई पनि निजी क्षेत्रले पनि बुझिदिनु पर्ने उल्लेख गरे । अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले नीतिगत समस्या नभएको भन्दै कार्यान्वयनमा जोड दिइने बताए ।

पर्यटन तथा होटल व्यवसायीहरुले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधिमा शोधभर्ना रकमको अवधि बढिमा दुई वर्षको हुने उल्लेख भएकोमा तीन वर्ष गर्न, चुक्ता गर्ने अवधि अधिकतम ४ वर्ष उल्लेख भएकोमा पाँच वर्षको व्यवस्था गर्न माग गरेका थिए ।
विद्युत डिमाण्ड शुल्क छुटको व्यवस्था गरिदिन, व्यवसायमा विद्यमान कुनै ऋणका लागि व्यवस्था भैसकेको धितोको भ्यालुमा नै शत प्रतिशत सम्म हुने गरि ऋण प्रवाह गर्न व्यवस्था मिलाउन समेत सरकारसँग आग्रह गरेका छन् ।

यस्तै पुनर्कर्जामा प्रति ग्राहक कर्जा सीमा रु. २० करोड रहेकोमा सो रकम भन्दामाथिको आवश्यकता देखिएमा सीमालाई बाध्यकारी नबनाउने व्यवस्था मिलाउने लगायतका माग समेत गरेका छन् ।

उनीहरुले पुनर्कर्जा र व्यावसायिक निरन्तरता कर्जा प्रवाहमा समस्या रहेको बताएका छन् । बैठकमा नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल, होटल एशोसियसन अफ नेपाल, रेष्टुरेन्ट एशोसियसन लगायतका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?