Comments Add Comment

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

कुनले कमाए, कुनले गुमाए ?

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ ।

जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ । कारोबार समय बाँकी छदै १० प्रतिशतले सेयर मूल्य बढेपछि नेपाल फाइनान्स, गोर्खाज फाइनान्स र प्रोगेसिभ फाइनान्स सर्किट ब्रेक लागेर कारोबार बन्द भयो ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा नेपाल फाइनान्सका लगानीकर्ताहरु देखिएका छन् । नेपाल फाइनान्सको १० प्रतिशत सेयर मूल्य २७ रुपैयाँले वृद्धि भएको छ ।

अर्को गोर्खाज फाइनान्स र प्रोगेसिभको पनि सेयर मूल्य १० प्रतिशतले नै बढेको छ । यि कम्पनीहरुको क्रमशः ३२ र १५ रुपैयाँले सेयर मूल्य वृद्धि भएको छ ।

यि बाहेक थप ५ कम्पनीहरुको पनि सेयर मूल्य सर्किट लेभलमै पुगेर रोकिएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ भने नारायणी डेभलपमेन्ट बैंकको ९.८७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसैगरी जानकी फाइनान्सको ९.८५, प्रभु लाइफको ९.७९ र नेपाल लाइफ इन्स्यारेन्सको ९.०९ प्रतिशतले वृद्धि भएको छ ।

यी ५ कम्पनी : जसले धेरै गुमाए

तीन फाइनान्स कम्पनीहरुको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर सर्किट ब्रेक लाग्दा धेरै गुमाउनेहरुमा भने लघुवित्त वित्तीय संस्था र हाइड्रोपावर कम्पनीहरु देखिएका छन् । मंगलबार सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।

यस संस्थाको सेयर मूल्य ७.७४ प्रतिशत अर्थात १०९ रुपैयाँले घटेको छ । धेरै गुमाउने दोस्रोमा छ्याङदी हाइडङोपावर र तेस्रोमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ता देखिएका छन् ।

यी कम्पनीहरुको सेयर मूल्य क्रमशः ५ र ३.८२ प्रतिशतले ओरालो लागेको छ । चौथोमा गुराँस लघुवित्तको ४३ रुपैयाँ र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको ५ रुपैयाँले ओरालो लागेको छ ।

फाइनान्स र जीवन बिमा चम्किए
मंगलबार नेप्सेमा कारोबार हुने ‘सब इन्डेक्स’ हरु ब्यापार, फाइनान्स र जीवन बिमा भने हरियाली छाएका छन् । सबै समूहहरु घटेर राताम्मे देखिदा पनि यी तीन समूह बढेर हरियो देखिएका हुन् ।

सबैभन्दा धेरै फानान्स कम्पनी ३.५७ प्रतिशत अर्थात ३७ दशमलव २२ अंकले वृद्धि भएको छ । जीवन बिमा समूह ३.५५ प्रतिशत अर्थात ५ सय ३५ दशमलव ६७ अंकले बढेको छ । व्यापार समूह भने १.३५ प्रतिशत अर्थात ३९.६२ अंकले वृद्धि भएको छ ।

धेरै घट्नेमा भने होटल र निर्जिवन बिमा कम्पनी देखिएका छन् । होटल समूह १.२८ प्रतितश अर्थात २६.३८ अंकले घट्दा निर्जिवन बिमा १.१५ प्रतिशत अर्थात १२४.८९ अंकल ओरालो लागेको छ ।

यसैगरी बैंकिङ ८.०६, विकास बैंक २४.९४, जलविद्युत ८.१४, उत्पादनमूलक ३९.१४, लघुवित्त ११.३ र म्युचुअल फण्ड ०.०३ अंकले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment