Comments Add Comment

३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

फाइल तस्वीर

६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार ९५६ नमुना परीक्षण गर्दा १२९ महिला र २१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६२ हजार २५९ जना संक्रमणमुक्त भएका छन् भने १९६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३ हजार ८६१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४४ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment