Comments Add Comment

दीपिकाको लाइनअपः साहरुखको ‘पठान’देखि प्रभाषको फिल्मसम्म

नायिका दीपिका पादुकोण गतबर्ष ड्रग्सको मुद्दामा परिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि जोडिएको ड्रग्सको मुद्दाले दीपिकालाई पनि समस्यामा पार्यो । तर, उनले यसमा क्लिन चिट पाइन् । ड्रग्सको मुद्दामा परेपछि दीपिकालाई बलिउडमा काम गर्न समस्या पर्ने अड्कलबाजी लगाइएको थियो । तर, नायिका पादुकोणको हातमा चलचित्रको कुनै अभाव छैन । उनको लाइनअपमा आधा दर्जन चलचित्र छन् ।

फेमिनासँगको अन्तरवार्तामा दीपिकाले आफ्नो चलचित्रको लाइनअप बताएकी छिन् । उनले शकुन बत्राको चलचित्रमा काम गरिरहेकी छिन् । यो चलचित्रले सम्बन्धको कथा भन्ने र यस्तो कथा अहिलेसम्म बलिउड चलचित्रमा नदेखाइएको दीपिकाको तर्क छ ।

दीपिकाका अनुसार, उनले नायक साहरुख खानसँग चलचित्र ‘पठान’मा पनि काम गरिरहेकी छिन् । नायक साहरुख खान र यशराज ब्यानरले हालसम्म यो चलचित्रको औपचारिक जानकारी दिएको छैन । तर, दीपिकाले भने साहरुखसँग काम गरिरहेको खुलाएकी छिन् ।

यसपछि, आफूले नायक प्रभाषसँग काम गर्ने दीपिकाको भनाई छ । नाग अश्विनले निर्देशन गर्ने चलचित्रका लागि दीपिका उत्साहित छिन् ।

दीपिका चलचित्र ‘दि इन्टर्न’को हिन्दी रिमेकमा पनि काम गर्ने बताएकी छिन् । दीपिकाले यी चार वटा चलचित्रको छायांकन सकेपछि आफूले ‘महाभारत’मा काम गर्ने बताएकी छिन् । विश्वलाई आफूले महाभारतको कथा भन्ने दीपिकाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment