Comments Add Comment

हिट भन्दै केक काटिएको ‘सुनकेशरी’ ‘डिजास्टर’ भएको ऋचाको स्विकार

नेपाली चलचित्रका निर्माता तथा कलाकारको स्वभाव पनि अचम्मकै मान्नुपर्छ । चलचित्र हलमा चलिरहेको समयमा दर्शक नआएपनि उनीहरु असफल मान्न तयार हुँदैनन् । बरु, चलचित्र हिट भएको हल्ला फैलाउन केक काट्छन्, मिडियामा बारम्बार अन्तरवार्ता दिन्छन् ।

यो सूचीमा नायिका केकी अधिकारीदेखि ऋचा शर्मासम्म पर्छन् । असफल भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’लाई हिट सावित गर्दै विदेशमा बेच्नका लागि केकीले केक काटेर बारम्बार हल्ला गरिन् । नायिका ऋचा शर्माले पनि चलचित्र ‘सुनकेशरी’ले ५ दिनमै करोड क्लब ग्रस गरेको भन्दै केक नै काट्न भ्याइन् ।

निर्देशक अर्पण थापा र ऋचाले एकसाथ केक काट्दै चलचित्र हिट भएको हल्ला पिटाउन खोजेका थिए । चलचित्रको सिक्वेल बनाउने घोषणा समेत भयो । तर, अर्पण र ऋचाको सम्बन्ध नै विग्रिएपछि यो चलचित्र बन्ने संभावना न्यून छ । ऋचा नयाँ चलचित्र निर्माणमा लागिसकेकी छिन् ।

उनै, ऋचाले चलचित्र ‘सुनकेशरी’ पूर्ण रुपमा असफल भएको स्विकार गरेकी छिन् । एक जना दर्शकले सामाजिक संजाल इन्स्टाग्राममा ऋचालाई ‘सुनकेशरी’ले हरर फिल्मलाई न्याय गर्छ त भनेर सोधेका थिए । जसमा ऋचाले जवाफ दिदै भनेकी छिन्–‘पक्कै पनि थिएन । यो भिन्न चलचित्र भने हुन सक्छ । हरर शैलीमा एउटा गेम चेन्जर । तर, डिजास्टर भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment