Comments Add Comment

जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?

चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ ।

जस्तो कि, दिनरात सासफेर्दा करिव सवा गिलास पानी खर्च हुन्छ । पसिना र मुत्रको रुपमा शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्नमा पनि पानीको महत्वपूर्ण मात्रा खर्च हुन्छ ।

त्यसैले बारम्बार पानी पियरमात्रै हामी उपयोगमा आइसकेको जलको क्षतिपूर्ती गर्न सक्छौं ।

शरीरमा पानीको मात्रा भएर जाडोमा मानिसहरुलाई कब्जियतको समस्या, ग्याँस वा अन्य समस्याहरुले सताउन पनि सक्छ । त्यसैले यस्ता समस्याबाट बच्न खानपानमा ध्यान दिनुपर्छ ।

मानव शरीर जति कम बोसोयुक्त हुन्छ मांसपेसीमा जलधारण गर्ने क्षमता त्यति नै धेरै हुन्छ । यसैले मोटा मानिसहरुको तुलनामा पातला मानिसहरुको शरीरमा धेरै जल पाइन्छ ।

शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा डिहाइड्रेसनको खतरा बढ्छ । त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा किड्नी जस्ता अंगको कार्यसम्पादन ठिक गर्नको बारम्बार पानी पिउन जरुरी छ ।

शुद्ध खानेपानीको कमीको कारण हामीलाई विभिन्न रोग लाग्न सक्छ । जाडोयाममा प्यास कम लाग्ने कारण हामी कम पानी पिउँछौं । शरीरमा पानीको कमी स्वास्थ्यको लागि खतरनाक हुन्छ ।

त्यसैले हामीले जाडो याममा पनि कम्तीमा २–३ लिटर पानी वा तरल पदार्थ जस्तै कागती पानी, नरिवल पानी, ग्रिन टी लस्सी आदि पिउनुपर्छ ।

हाम्रो शरीरको प्रणाली यति सजिलो छ कि जब शरीरलाई पानीको आवश्यकता हुन्छ उसले प्यास लागेको जानकारी दिन्छ । फेरि पनि कोही मानिसहरु कामको व्यस्ततामा पानी पिउन भुल्छन् ।

केहीलाई पानी पिउन मन लाग्दैन । दिनभरमा कति पानी भन्ने कुरा हाम्रो शारीरिक संरचना, काम गर्ने तौर तरिका तथा वातावरणमा निर्भर रहन्छ ।

अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त ग्राह्यतामाथि एक अध्ययन गरेको छ । पुरुषले एक दिनमा ३ लिटर र महिलाहरुले दिनमा २.२ लिटर पानी पिउनुपर्ने अध्ययनले सुझाएको छ ।

जाडोमा हामीलाई पानी पिउन मन लाग्दैन । हुन त जाडोमा चिया, कफी वा अन्य झोल तरल पदार्थबाट शरीरलाई केही पानी त मिल्छ तर त्यसले पानीको क्षतिपूर्ती गर्न सक्दैनन् ।

कम क्यालोरी भएका तरल पदार्थले मात्रै शरीरलाई धेरै राम्रोसँग चुस्तदुरुस्त राख्छ । जाडोमा चिसो पानी पिउनको सट्टा चिया कफी वा सुपको सेवनले पानीको क्षतिपूर्ती हुन्छ भन्ने सोच्छौं तर, त्यसले मात्रै पुग्दैन । हामीले पर्याप्त पानी पिउनै पर्ने हुन्छ ।

पानी कहिले पिउने कहिले नपिउने भन्ने विषयलाई लिएर मानिसहरुमा विभिन्न किसिमका भ्रम व्यप्त छन् ।

कसैले भोजनभन्दा आधा घन्टा पहिले वा आधा घन्टा पछि सम्म पानी नपिउनु पाचनप्रणालीको लागि श्रेष्ठ बताउँछन् भने केही मानिसहरु भोजन गर्दैगर्दा बीचबीचमा पानी पिउनु राम्रो हुने बताउँछन् ।

अमेरिकन केमिकल सोसाइटीले यस सम्बन्धमा एक अध्ययन गरेको थियो । अध्ययन अनुसार खाना खानुभन्दा पहिले पानी पिउनाले ३ महिनामा करिब सवा २ किलो तौल कम हुने परिणाम देखियो ।

भोजनभन्दा पहिले ग्रहण गरिएको पानी भोजनमा ७५ देखि ९० प्रतिशत क्यालोरी कम ग्रहण गर्नमा मद्धतकारी साबित अध्ययनबाट देखियो । खाना खाएपछि सानो आन्द्रामा भोजन पुग्छ ।

त्यहाँ भोजनमा रहेको भिटामिन मिनरल, कार्बोहाइड्रेट प्रोटी आदि अलग अलग गर्ने प्रक्रिया आरम्भ हुन्छ । यो प्रक्रियामा पानीले प्रोपर लुब्रिकेन्टको काम गर्छ ।

अध्ययनअनुसार भोजनको बीचमा पिइएको पानी भोजन पाचनमा धेरै लाभदायी हुन्छ । त्यस्तै फलफूलको सेवन गर्दा पानी पिउनु राम्रो होइन किनभने पेटमा रहेका एसिड फलको ब्याक्टेरियासँग लड्छ यस्तोमा पानीले एसिडको उर्जा र तागत घटाइदिन्छ ।

पर्याप्त पानीको सेवनले शरीर थकान र तनावरहित हुन्छ । मानिसलाई तरोताजा राख्नुको साथसाथै यसले छालाको चमकमा पनि ठूलो भूमिका निभाउँछ ।

पानी प्राकृतिक पोषक र क्लिन्जर हो । यसले रुखो र डन्डीफोरयुक्त अनुहारलाई चम्किलो र बेदाग बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment