+
+
Shares

कवि अनमोलको ‘ईश्वरको कारागार’ सार्वजनिक 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १५:२८

काठमाडौं । साहित्यकार अनमोल कँडेलको कविता संग्रह ईश्वरको कारागार (The Prison of God) सार्वजनिक भएको छ । यो कविता संग्रहमा नेपाली कविताहरू र तिनका अंग्रेजी अनुवादहरू समावेश छन् ।

हाल अमेरिकामा रहेर नेपाली साहित्यमा सक्रिय रहेका कँडेलले ३७ वटा कविता संग्रहित गरेका छन् । पुस्तक फ्लिप साइड स्वरूपमा तयार गरिएको छ, जसमा एकातर्फ नेपाली कविताहरू छन् र अर्कोतर्फ अंग्रेजी अनुवादहरू राखिएका छन् ।

बुकहिलले प्रकाशन गरेको यो कविता संग्रहमा कँडेलले प्रेम, मनोविज्ञान, सभ्यता, दर्शन र अध्यात्मका विभिन्न कोणहरूबाट रचेका कविताहरू संग्रहित गरेका छन् ।

‘यी कविताहरू बन्धनबाट मुक्तितर्फको यात्रा हुन्, मान्छेको विज्ञान, दर्शन र आध्यात्मिक दृष्टिबाट जीवनका भोगाइहरूलाई काव्यात्मक रूपमा प्रस्तुत गरिएको छ,’ कवि कँडेल भन्छन् ।

उनका अनुसार मान्छेलाई आफैंभित्रका कमजोरी र ढोंग चिन्ने साहस जगाउने, नकारात्मकताका केन्द्रहरू तोड्दै आत्माबाटै असल र इमानदार बन्ने आग्रह गर्ने मूल उद्देश्य कविता संग्रहले बोकेको छ ।

‘यो एउटा एउटा आध्यात्म प्रेरित कविता संग्रह हो, यसमा मान्छेको अस्तित्व र दर्शनलाई जीवनबोधको कोणबाट काव्यात्मक जीवन दिइएको छ,’ कवि कँडेल भन्छन् ।

‘ईश्वरको कारागार’ कविता संग्रह काठमाडौंका मुख्य पुस्तक पसलहरू र अनलाइन पुस्तक विक्रेताहरूकोमा उपलब्ध भइसकेको बुकहिल प्रकाशनले जानकारी दिएको छ ।

हाल अमेरिकामा रही क्यान्सर भ्याक्सिनको अनुसन्धानमा संलग्न अनुसन्धानकर्ता डा. कँडेल नेपाली साहित्यमा पनि सक्रिय छन् । उनी कविता, निबन्ध र अनुवाद विधामा निरन्तर कलम चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?