Comments Add Comment

ट्रम्पको आदेशका बाबजुद यात्रा प्रतिबन्ध जारी रहन्छ : बाइडन

६ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले बेलायत, युरोपेली संघ (ईयू) र ब्राजिलबाट आउने मानिसहरुमा लगाइएको यात्रा प्रतिबन्ध जारी राख्ने तयारी गरेका छन् । बाइडनका प्रवक्ताले यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध हटाउन कार्यकारी आदेश जारी गरेको भए पनि उक्त प्रतिबन्ध जारी रहने बताएकी हुन् ।

सोमबार ह्वाइट हाउसले एक आदेश जारी गर्दै बेलायत, ईयूका केही मुलुक र ब्राजिलबाट आउने मानिसहरुको यात्रामा लगाइएको प्रतिबन्ध बाइडन राष्ट्रपति बनेको ६ दिनपछि हट्ने बताएको थियो । यद्यपि त्यसको केही समयमा नै बाइडनकी प्रवक्ता जेन साकीले मेडिकल टिमले यात्रामाथि लगाइएको प्रतिबन्ध तत्काल हटाउनु उचित नहुने सल्लाह दिएको बताएकी हुन् । साकीले अहिले कोरोना संक्रमण फैलिइरहेको र कोरोनाको थप संक्रामक नयाँ प्रकार पनि मुलुकमा आइरहेकाले यात्रामा प्रतिबन्ध हटाउनु उचित नहुने बताएकी हुन् ।

त्यसका साथै साकीले कोरोना संक्रमणलाई थप फैलिनबाट रोक्न सार्वजनिक स्वास्थ्य र अन्तर्राष्ट्रिय यात्राको विषयमा कार्यकारी आदेश जारी गर्ने योजनाको विषयमा पनि छलफल भइरहेको बतएकी हुन् ।

अमेरिकाले गत वर्षको मार्च महिनामा युरोपबाट आउने मानिसहरुको यात्रामा रोक लर्गाको थियो भने मे महिनामा ब्राजिलबाट आउनेमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकामा बुधबार बाइडनले राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment