Comments Add Comment

मुख्यमन्त्री कप भलिबल फागुन पहिलो साता 

कास्की । पोखरामा फागुनको पहिलो साता प्रथम मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने छ ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलो पटक अन्तर जिल्ला स्तरिय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशाला भलिबल कोर्टमा हुने जानकारी दिएको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाको सहभागिता रहने छ ।प्रतियोगिताको महिला तथा पुरुष टोली विजेताले नगद २ लाख पाउनेछन् भने उपविजेताले १ लाख र तेस्रोले ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको विधागत उत्कृष्ट हुने उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५-५ हजार पाउने छन् ।

प्रतियोगिताका लागि करिब ५४ लाख ३४ हजार खर्च लाग्ने आयोजकल जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment