२१ बैशाख, काठमाडौं । केलिएन एमबाप्पेको दुई गोल मद्तमा रियल मड्रिडले स्पानिस ला लिगामा आइतबार सेल्टा भिगोलाई ३-२ ले पराजित गरेको छ ।
यस जितपछि दोस्रो स्थानको रियलले शीर्ष स्थानको लिभरपुलसँग अंकदूरी ४ मा झारेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा ५० मिनेट भित्र ३-० को अग्रता बनाएपनि रियलले दोस्रो हाफमा दुई गोल व्होरेको थियो ।
अर्दा गुलरले ३३औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । एमबाप्पेले ३९औं मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे । एमबाप्पेले नै दोस्रो हाफको सुरुमै गोल गर्दा रियलले ३-० को अग्रता बनाएको थियो ।
सेल्टाका लागि जावी रोड्रिगेजले ६९औं र विलिओट स्वेडवर्गले ७६औं मिनेटमा गोल गरेका थिए ।
जितपछि रियलले ३४ खेलबाट ७५ अंक जोडेको छ । समान खेलबाट बार्सिलोनाको ७९ अंक छ । सेल्टा ३४ खेलबाट ४६ अंकसहित सातौं स्थानमा छ ।
लिगमा अब चार चरणको खेल बाँकी हुँदा बार्सिलोना र रियल उपाधि होडमा छन् ।
प्रतिक्रिया 4