काठमाडौं । माघ अन्तिम सातादेखि आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
टाइगर ग्रुप अफ पोअरा नेपालको आयोजनमा माघ २७ देखि फागुन १ सम्म पोखरा रंगशालाको कोर्टमा उक्त प्रतियोगिता हुन लागेको हो । पश्चिमाञ्चल भलिबल संघको व्यवस्थापन र नेपाल भलिबल संघको समन्वय रहने प्रतियोगिता पुरुष र महिलातर्फ उत्कृष्६ चार टोलीहरुको सहभागिता रहनेछ ।
महिलातर्फ तीन विभागीय टोली एपीएफ नेपाल पुलिस त्रिभुवन आर्मी सहित न्यु डायमण्डले प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै पुरुषतर्फ तीन विभागीय टोलीसहित गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया 4