+
+
Shares

उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते २२:०१

६ माघ, काठमाडौं । उच्च अदालतले मनहरी गाउँपालिका, मकवानपुरको उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको इजलासले उपाध्यक्षले मनिला विष्टले दिएको राजीनामा पत्रमा मिति नभएको र राजीनामा लागू हुने मिति समेत उल्लेख नभएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति प्रक्रिया अगाडि नबढाउन आन्तरिम आदेश दिएको हो ।

गाउँपालिकाका अध्यक्षसँग असन्तुष्ट उपाध्यक्षले मंसिर अन्तिममै राजीनामा दिएको चर्चा चलेको थियो । तर पुस पहिलो साता बसेको गाउँ कार्यपालिका बैठकले त्यसको खण्डन गर्दै राजीनामा नदिएको प्रष्ट पार्‍यो ।

तर सत्तारुढ नेकपा विभाजन भएको केही समयपछि पुस १७ गते एकाएक उनको राजीनामा स्वीकृत भएको निर्णय सार्वजनिक भएको थियो । उपाध्यक्ष विष्टले भने आफूले राजीनामा नै नदिएको दाबी गर्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?