+
+
Shares

सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीको प्रर्दशन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ७ गते १४:३९

७ माघ, सुर्खेत । छिटो–छरितो सेवाको माग गर्दै सुर्खेत मालपोत कार्यालयमा सेवाग्राहीले प्रर्दशन गरेका छन् । एक सातादेखि कार्यालय पुग्दै लाइनबस्दा पनि कार्यालयबाट सामान्य काम हुन नसकेको भन्दै सेवा ग्राहीहरुले मंगलबार प्रर्दशन गरेका हुन् ।

‘भ्रष्ट कर्मचारी आउट गर’, ‘नीति नियम पालना गर’, ‘जिल्ला प्रशासन र प्रदेश सरकार मुर्दावाद’, ‘सेवाग्राहीले छिटो–छरितो सेवा पाउँनै पर्छ’, ‘नेताका आसेपासे कर्मचारी हटाउँनै पर्छ,’ लगायतका नारा लगाउँदै सेवा लिन पुगेका सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन् ।

पैसा र पहुँच वालाहरुको काम दुई घण्टा भित्रै हुने गरेपनि आम नागरिकहरु भने महिना दिन कार्यालय धाउँदा समेत काम हुन नसकेको सेवा ग्राहीको गुनासो छ ।

सेवा ग्राहीको संख्या बढ्दो र कर्मचारी संख्या कमहुँदा सेवा प्रवाहमा समस्या भएको मालपोल कार्यालयकी खरिदार निर्माला भूषालले बताइन् । ‘कर्मचारीको ठूलो अभाव छ, यो प्रदेश राजधानीको मालपोत हो, दैनिक सयौं सेवाग्राहीहरु आउनु हुन्छ,’ उनले भनिन्, ‘कर्मचारी र भौतिक संरचनाको अभावले सेवा प्रवाहमा समस्या नै छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?