
८ माघ, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडीबजारमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।
आठबीसकोट नगरपालिका–९, राडीबजारमा ६ गते बेलुकी ५ बजेदेखि लगाइएको निषेधाज्ञा बिहीबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी हटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच ६ गते दिनभर झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा लगाएको थियो ।
अहिले अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4