+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

वीरगञ्जमा ठेला मजदुरलाई कम्बल वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ८ गते १३:३८

८ माघ, वीरगञ्ज । वीरगञ्जमा अत्याधिक चिसो मौसमका कारण प्रभावित ३० जनालाई कम्बल वितरण गरिएको छ । रुंगटा वेलफेयर सोसाइटीले चिसो प्रभावित विपन्न नागरिकलाई कम्बल वितरण गरेको हो ।

वीरगञ्जमा ठेला चलाएर जीविकोपार्जन गर्दै आएका ३० जना मजदुरलाई कम्बल वितरण गरिएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
‘दिनभर वीरगञ्जमा ठेला चलाउँछन्, राति ठेलामा नै सुत्छन् । चिसोबाट प्रभावित भइरहेको हामीले देखेका थियौं,’ उनले भने, ‘त्यसैले उनीहरुलाई कम्बल वितरण गरेका हौं ।’

ग्रिनसिटीले रुंगटा वेयलफेयरकै सहयोगमा यसअघि आमाको माया छात्रावासका बालबालिका, वडा प्रहरी कार्यालय विर्ता, श्रीपुरको थुनुवा कक्ष लगायतका ठाउँमा २ सय जनालाई कम्बल वितरण गरिसकेको छ ।

बिहीबार नै गुप्तदानबाट प्राप्त २ लाख ५१ हजार रुपैयाँ आमाको माया छात्राबासलाई हस्तान्तरण गरिएको खेतानले जानकारी दिए । कम्बल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले समुदाय र प्रहरी एक अर्काका परिपुरक भएको बताउँदै मिलेर सामाजिक काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?