Comments Add Comment

प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैनः विष्णु पौडेल

फाइल तस्वीर

८ माघ, काठमाडौं । नेकपा (ओली समूह)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने स्वीकार गर्ने बताए ।

‘सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, पौडेलले भने । तर, अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने दलील पेश भइरहेको उनले बताए । सदनको बहुमतको समर्थन रहेकै बेला प्रधानमन्त्रीले संसद् विघटन गरेकाले पुनर्स्थापना नहुने पौडेलको तर्क छ ।

पुनर्स्थापना हुँदा पनि नयाँ सरकार संसद्ले दिन नसक्ने भएकाले ताजा जनादेशमा जानुको विकल्प नभएको पौडेलको भनाइ छ । आगामी निर्वाचनबाट ओली समूहको नेकपाले बहुमत ल्याउने दावी गरे ।

तर, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह चुनावसँग डराइरहेको उनले बताए । निर्वाचन आयोगले चुनावी प्रक्रिया रोक्न नमिल्ने पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment