Comments Add Comment

कालो सपना देख्नु भएको छ, केही भन्नु छैन : केपी ओली

८ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताए ।

‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, ओलीले भने । प्रचण्ड-माधव समूहले पेरिसडाडाँमा आजै संसद् विघटन विरुद्ध कालो बेलुन उडाएको थियो । प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले मन्त्रीहरुलाई कालो झण्डा समेत देखाउँदै आएका छन् ।

‘मलाई दन्तबजान गर्नु छैन । उहाँहरुले कालो झण्डा गाडेर बस्नुभएको छ, काला बेलुन उडाउनु भएको छ, कालो सपना देख्नुभएको छ, कालो मनसाय लिनुभएको छ । केही भन्नु छैन’, ओलीले भने ।

प्रचण्ड र माधव समूहले जनतालाई अनेक हाउभाउ गरेर सिनेमा देखाइरहेको ओलीले टिप्पणी गरे । ‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधाम । हिरोइनी घाइते हुन्छ, हिरो ब्याकुल हुन्छ । रुन्छ । वास्तवमा केही पनि होइन,’ ओलीले थपे, ‘सबै तमासा हो । केही मान्छेहरु सिनेमा देखाउन, नाटक देखाउन आउँछन् । रुन्छन्, झुक्याउँछन् जनतालाई । हामीले त्यस्ता तत्वहरुबाट सजग गराउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment