Comments Add Comment

संयुक्त आन्दोलनमा नगई प्रतिगमन सच्चिंदैन : केसी

८ माघ, बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन गर्नुपर्ने बताएका छन् ।

जनमोर्चा जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले राजनीतिक दल, नागरिक समाज लगायतले संयुक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा उनले भने, ‘संयुक्त आन्दोलनमा नगई यो प्रतिगमन सच्चिनेवाला छैन ।’

जननिर्वाचित संसदलाई कोठा भित्र बसेर विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक भएको अध्यक्ष केसी बताउँछन् । उनले कार्यक्रममा भने, ‘जनताले चुनेर पठाएका जनप्रतिनिधिको अगाडि नबसीकन उहाँले विद्या भण्डारीसित सल्लाह गरेर दुई जनाको मिलीमतोमा संसद विघटन गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment