Comments Add Comment

सिरहामा लागूऔषधसहित दुई जना पक्राउ

९ माघ, जनकपुरधाम । सिरहा प्रहरीले बिभिन्न लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

स ७ प ५७१२ र स १० प ५५२२ नम्बरको मोटरसाइकलमा सवार गोलबजार नगरपालिका २ बस्ने २२ बर्षीय राकेश कुमार साह र मिर्चैया नगरपालिका ८ बस्ने २७ बर्षीय अनिल शर्मालाई लागूऔषधसहित पक्राउ गरिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागू औषध बिक्री वितरण गर्न गोलबजारबाट लहानतर्फ लाँदै गर्दा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएका प्रहरी टोली र इलाका प्रहरी कार्यालय गोल बजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले बताए ।

उनीहरुको साथबाट डाइलेक्स डिसी ३४ बोतल, डाइजोपाम इन्जेक्सन ४५ एम्पुल, नुफिन इन्जेक्सन ४५ थान, पासमोप्रोक्सीरोन ४८ थान र नाइट्राभेट ट्याब्लेट १४ सय ९७ थान बरामद भएको शर्माले बताए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment