+
+
Shares

मुकुन र मेनुकाको ‘गणपति’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते ११:४१

नायक मुकुन भुषाल र नायिका मेनुका प्रधानको मुख्य भूमिका रहने चलचित्र ‘गणपति’को छायांकन सुरु गरिएको छ । बिहिबार तनहुँको बन्दीपुर गाउँपालिका थारुवासबाट यो चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रको अधिकांश दृश्यको छायांकन बन्दिपुरमा नै हुनेछ ।

चलचित्रलाई सविन अधिकारीले निर्देशन गरिरहेका छन् । चलचित्रमा उनकै कथा, पटकथा तथा संवाद छ । चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी छ । चलचित्रमा मुकुन र मेनुकाको साथमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।

यो चलचित्रले भगवान र मानिसविचको फरक देखाउनेछ । चलचित्रमा हरिबहादुर घलेको छायांकन, विक्रम स्वाँरको कोरियोग्राफी रहनेछ । निर्देशक अधिकारीले चलचित्रले धर्मको प्रचार नगर्ने बताए ।

सरकारले चलचित्र छायांकन तथा हल संचालनको अनुमती दिएसँगै आधा दर्जन भन्दा बढी चलचित्रको छायांकन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?