+
+
Shares

दातालाई अर्थमन्त्रीले भने-राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा असर पार्दैन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १३:१६

९ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा विकसित घटनाक्रमले आर्थिक सुधारका कार्यक्रममा नकारात्मक असर नपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक अलिसारा महासन्दना र मिसन प्रमुख लौरा इसाबेल जरमाइलो मेयरसँगको भर्चुअल बैठकमा सहभागी हुँदै अर्थमन्त्री पौडेलले यस्तो बनाएका हुन् । बिहीबार भएको बैठकमा कोषद्धारा प्रस्तावित ‘एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि’ कार्यक्रमबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा अर्थ मन्त्री पौडेलले नेपालमा विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने स्पष्ट पारेका छन् । अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनैतिक प्रणालीको प्रक्रिया भएको र नेपालमा विगतमा समेत मध्यावधि निर्वाचनको अभ्यास भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनि चिन्तित नहुन आग्रह गरे ।

उनले नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीतिहरु संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै  राजनीतिक विषयमा दलहरुको छुट्टा छुट्टै मत र धारणा भएता पनि नेपालका समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रम कुनै व्यक्ति वा दल विशेषको लागि लक्षित नभई नेपालको समग्र आर्थिक विकाससँग सम्बन्धित विषय भएकाले निर्वाचनपछि गठन हुने सरकारले पनि यसको कार्यान्वयनलाई निरन्तरता दिने उल्लेख गरे ।

उनले एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रममा उल्लेखित विषय संरचनागत सुधार, श्रोत व्यवस्थापन, वित्तीय संघीयता तथा वित्तीय सुशासनका लागि निकै महत्वपूर्ण र दीर्घकालीन रुपमा प्रभाव राख्ने प्रकृतिको रहेको समेत उल्लेख गरेका छन् ।

कोभिड-१९ को प्रभावको कारण सिर्जना भएको असहज परिस्थितिबाट अर्थतन्त्रलाई जोगाउन सरकारले अंगीकार गरेको आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जना सम्बन्धी कार्यक्रमका लागि अझ समसामयिक भएको भन्दै अर्थमन्त्री पौडेलले प्रस्तावित संरचनागत सुधार कार्यक्रमले नेपालको अर्थतन्त्रको सुरक्षाका लागि महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको धारणा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?