Comments Add Comment

पीएम कप क्रिकेटमा लुम्बिनीको दोस्रो जित, सेमिफाइनल सम्भावना कायमै

म्यान अफ दि म्याच लुम्बिनीका कप्तान कृष्ण कार्की

१० माघ, काठमाडौ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियवगितामा लुम्बिनीले दोस्रो जित हात पारेको छ । समूह बी अन्तर्गत शनिबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको लुम्बनीले ३ खेलबाट ४ अंक जोडेको छ ।

साथै लुम्बिनीले सेमिफाइनल सम्भावना कायम राखेको छ । बागमती ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ । नेपाल पुलिसको पनि ३ खेलबाट ४ अंक छ । रनरेटमा पुलिसलाई पछि पार्दै लुम्बिनी दोस्रो स्थानमा उक्लेको छ ।

लगातार तेस्रो हारपछि सुदूरपश्चिम भने समूह चरणबाटै बाहिरिएको छ ।

सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । लुम्बिनीको लागि सौरभ खनालले अविजित १८ रन बनाए । यस्तै प्रकाश केसीले अविजित १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रन जोडे ।

सुदूरपश्चिमका शेर मल्लले २ र विनोद लामाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७.४ ओभरमा सबै विकेट गुमाएर ६२ रनमै अलआउट भयो । यस संस्करणको यो सबैभन्दा कम स्कोर हो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले १७ र कप्तान सन्तोष भट्टले ११ रन बनाउनबेहक अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई अलआउट गर्न लुम्बिनीका कप्तान कृष्ण कार्कीले १० ओभरमा ३ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए ।

यस्तै अनिल खरेलले ७ ओभरमा ३ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । विक्रम भुषालले पनि २ विकेट लिए । यस्तै सन्दीप सुनार र दीपेन्द्र रावतले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment