+
+
Shares

प्रचण्ड मुक्त देश बनाउनुपर्छ : प्रभु साह

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ माघ १० गते २०:१९

१० माघ, रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् ।

गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओली समूहका नेता समेत रहेका साहले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको, तर लामो प्रचण्ड पदको लोभमा डुबेको आरोप लगाए । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने लोभले प्रचण्डले पार्टी एकता टुटाएको भन्दै उनले भने, ‘अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ ।’

उनले राजा ज्ञानेन्द्रलाई दाम चढाउन गएको तथा एमालेलाई ध्वस्त पारेको भन्दै माधवकुमार नेपालको पनि चर्को आलोचना गरे । प्रचण्ड-माधवहरुले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेकाले ताजा जनादेशका निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?