Comments Add Comment

विराटनगरविरुद्ध एपीएफको फराकिलो जित

११ माघ, काठमाडौं । सावित्रा भण्डारी साम्बाले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि विभागीय टोली एपीएफले महिला राष्ट्रिय लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

साम्बाले ह्याट्रिकसहित चार गोल गरेपछि लिग अन्तर्गत आइतबार भएको खेलमा एपीएफले विराटनगर महानगरपालिका मोरङलाई ७-० ले पराजित गरेको हो । एपीएफले पहिलो खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई पनि ६-० ल नै पराजित गरेको थियो ।

लगातार दोस्रो जितपछि ६ अंक जोडेको एपीएफ शीर्ष स्थानमा उक्लेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफका लागि साम्बाले चार गोल गर्दा अनिता केसीले दुई तथा सरु लिम्बुले एक गोल गरिन् ।

साम्बाले पहिलो हाफमा दुई र दोस्रो हाफमा पनि दुई गोल गरिन् । एपीएफले पहिलो हाफमा ३ र दोस्रो हाफमा ४ गोल गरेको थियो ।

खेलको नवौं मिनेटमै अनिता केसीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । सावित्राले २५औं र ४२औं मिनेटमा गोल गरेपछि एपीएफले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

सावित्राले ७४औं मिनेट र खेलको अन्तिम समयमा गोल गरिन् । यस्तै सरु लिम्बुले ७२औं मिनेटमा गोल गरिन् । अनिताले ८०औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment