Comments Add Comment

सिक्किममा भारत–चीन सेनाबीच झडप

फाइल तस्वीर

१२ माघ, काठमाडौं । भारतको सिक्किमस्थित भारत–चीन सीमाक्षेत्रमा दुई मुलुकका सेनाबीच झडप भएको छ । टाइम्स अफ इन्डियाका अनुसार तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप भएको हो । समाचारमा उल्लेख गरिएअनुसार उक्त झडपमा दुवै पक्षका सेनाहरु घाइते भएका छन् ।

यद्यपि अहिले भने उक्त क्षेत्रको अवस्था सामान्य रहेको समाचारमा उल्लेख छ । भारत–चीन सीमाक्षेत्रमा बेलाबेलामा झडप हुने घटना पछिल्लो समय बढ्दै गएका छन् । सन् २०१७ मा डोकलामको तीन मुलुकको सीमाक्षेत्रमा झडप भएको थियो । सो क्षेत्रमा ७३ दिनसम्म तनाव बढेको थियो ।

अहिले सीमाक्षेत्रको तनाव कम गर्ने विषयमा भारत र चिनियाँ सेना वार्ताको क्रममा छ । आइतबार लामो समयपछि दुई मुलुकका सेनाबीच कमाण्डरस्तरको वार्ता भएको थियो । सन् २०२० को जुनको मध्यमा लद्दाखस्थित दुई मुलुकको सीमाक्षेत्रमा भएको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई मुलुकको सम्बन्ध पनि तनावपूर्ण बन्दै गएको छ ।

अहिले झडप भएको क्षेत्रमा दुवै मुलुकले सैन्य उपस्थिति बढाएका छन् । भारतीय सेनाले २० जनवरीमा नाकुला क्षेत्रमा सामान्य झडप भएको पुष्टि गरेको छ । उक्त समस्या स्थापित प्रोटोकलको आधारमा स्थानीय कमाण्डरहरुले नै सुल्झाएको सेनाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment