Comments Add Comment

रामचरण र जुनियर एनटीआरको ‘आरआरआर’ दशैंमा रिलिज हुने

निर्देशक एसएस राजमौलीले आफ्नो नयाँ चलचित्र ‘आरआरआर’को प्रदर्शन मिति घोषणा गरेका छन् । साउथका दुई सुपरस्टार नायक रामचरण र जुनियर एनटीआरको मुख्य भूमिका रहेको चलचित्रलाई अक्टुबर १३ तारिखबाट रिलिज गर्ने तयारी निर्देशकको छ ।

यो चलचित्रमा नायिका आलिया भट्ट, नायक अजय देवगण, श्रीया सरन लगायतको मुख्य भूमिका छ । चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्माणपक्षले उल्लेख गरेको छ । चलचित्रलाई दशैंमा रिलिज गर्ने तयारी गरिएको हो । गतबर्षको दशैंमा बलिउड चलचित्र ‘वार’ले बक्स अफिसमा बम्पर व्यापार गरेको थियो ।

डीवीवी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रले सन् १९२० को क्रान्तिकारी योद्धा अल्लुरी सिताराम राजु र कोमाराम भीमको कथालाई उल्लेख गरेको छ । यो चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम, कन्नड भाषामा रिलिज गरिनेछ । यो चलचित्रको बजेट ४५० करोड बताइएको छ । राजमौलीले निर्देशन गरेको ‘बाहुलबी र बाहुबली २’ले बक्स अफिसमा बम्पर कमाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment