Comments Add Comment

विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

१४ माघ, विराटनगर । फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ ।

फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् ।

दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

४२ वर्षीय राठोर चार वर्षयता कलेजमा कार्यरत थिए । अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच कर्मचारी अस्पतालले काममा राखेको थिएन् । तर अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नक्कली कर्मचारी खडा गरी मेडिकल कलेजको पैसा अपचलन उजुरी आएपछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

पाँचजना कर्मचारी मेडिकल कलेजमा काम गरेको विवरणमा देखिए पनि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो ।

नक्कली कर्मचारी नियुक्त गरेको कर्मचारीको नाममा माछापुच्छे्र बैंकमा खाता खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment