
१४ माघ, काठमाडौं । कान्छो वाणिज्य बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बुधबार सार्वजनिक बैंकको अपस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ ।
६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशतले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
हेर्नुस् अन्य सूचकहरुः
सूचक | अहिले | पहिले | सुधार |
चुक्ता पुँजी | ९६८१५१९ | ८८०१३८१ | १० प्रतिशत |
कर्जा | १०१६४१९४२ | ९०८५०३५१ | ११.८८ प्रतिशत |
निक्षेप | ११०२४१४३९ | १०७२५०२०३ | २.७९ प्रतिशत |
खुद ब्याज आम्दानी | १९९५०७६ | २१६७९८७ | –७.९८ प्रतिशत |
रिटेन्डेड अर्निङ्स | ८९२६५८ | ११९७०३८ | –२५.४३ प्रतिशत |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4