+
+
Shares

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते ११:४७

कुमारी बैंक लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ । उक्त योजनाअन्तर्गत पुस १ पश्चात् कुमारी बैंकको मोबाइल एप्लिकेसन ‘कुमारी स्मार्टमा’ रजिष्टर भएका ग्राहकहरुले वाषिर्क मोबाइल रेजिस्ट्रेसन शुल्कमा रु १०० फिर्ता पाउनेछन् । सो रकम फिर्ता पाउन ग्राहकले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिना भित्रमा कुमारी स्मार्ट मार्फत रु २ हजार ००० सम्मको कारोबार गरेको हुनुपर्नेछ ।

सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथापानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानीलगायत स्कुलकलेजको फीतथामर्चेन्टको बिलभुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमीत अवधिको लागी मात्र रहनेछ । सो रिफन्ड योजनाले सेवाग्राहीहरुमा डिजिटल भुक्तानी प्रणालीतर्फ उत्साह जगाउने र डिजिटल प्रविधिको अधिकतम् प्रयोग तर्फ डोर्‍याउनेमा बैंकका डिजिटल प्रमुख अनिष ताम्राकार विश्वस्त छन् ।

विगत २० वर्षदेखि निरन्तर आधुनिक बैंकिंग सेवा सुविधाहरु दिंदै आएको कुमारी बैंकले डिजीटलीकरणलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा आफ्ना देशव्यापी १९२ शाखा संजाल, १५६ एटिएम लगायत २३ शाखाराहित बैंकिङ ईकाईहरुमार्फत अझ ऽुत गतिमा प्रभावकारी बैंकिङ सेवा सुविधाहरु पुर्‍याउादै जाने प्रतिबद्धता गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?