+
+
Shares

जुम्लामा आगलागी हुँदा ३२ घर र ७० चौपाया जले

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १५:४२
प्रतिनिधिमूलक तस्‍वीर

१४ माघ, सुर्खेत । जुम्लाको तिला गाउँपालिका-७, पोखरीस्थित गोठीगाउँमा मंगलबार बेलुकी भएको भीषण आगलागीबाट ३२ घर र ७० पशु चौपाया जलेर नष्ट भएका छन् ।

आगलागीबाट ३२ घर जल्नुका साथै १७ गाई, २३ गोरु र ३० बाख्राको मुत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

स्थानीय परबहादुर रोकायको घरमा खाना पकाउने चुलोको पाइपबाट आगोको झिल्का निस्केर छानामा सल्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो पूर्णरुपले नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण भने आइनपुगेको डीएसपी काफलेले बताए ।

सडक नपुगेको ठाउँ, भिरालो बस्ती र घरमा तलदेखि माथिसम्म एकैपटक आगलागी हुँदा समयमा नियन्त्रणमा लिन कठिन भएको र धेरै धनमालको क्षति भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?