+
+
Shares

तेक्वान्दो महासंघ प्रदेश २ को संयोजकमा जयराम कुमर मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १८:३८

१४ माघ, वीरगञ्ज । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ) ले जयराम कुमरलाई प्रदेश–२ को संयोजकमा मनोनित गरेको छ । कुमरलाई २ महिनाभित्र प्रदेशका जिल्लाहरुमा संयोजक चयन गर्ने अधिकार सहित जिल्ला एवं प्रदेश समीति गठन गर्न जिम्मेवारी समेत दिएको छ ।

संयोजक कुमर निजगढ नगरपालिका–४ का अध्यक्ष हुन् । त्यस्तै महासंघले निजगढ नगरपालिकाका उपप्रमुख लिलादेवी लामिछाने खनाल र वडा नं. २ का वडाध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारीलाई केन्द्रिय सल्लाहकारमा मनोनित गरेको छ ।

महासचिव सुदिपचन्द्र बख्रेलका अनुसार नेपाल तेक्वान्दो महासंघले विश्वका विभिन्न तेक्वान्दो संस्थासंग सम्बन्धन पाएको छ । एनटीएफले विश्व सङमोक्वान संघ (अमेरिका), तेक्वान्दो अन्तर्राष्ट्रिय(बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन(आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ (स्पेन) र विश्व तेक्वान्दो परिषद्(जर्मनी) बाट सम्बन्धन पाएको उनले बताए ।

महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमी लगायतका तेक्वान्दो संघहरु आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?