Comments Add Comment

काठमाडौंबाट पेस्तोलसहित एकजना पक्राउ

१४ माघ, काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईं रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ लैनचौर क्षेत्रबाट बुधबार उनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ ।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि नेपाल प्रहरी समक्ष बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment