+
+

दोस्रो त्रैमासमा अव्वल देखियो एनएमबि बैंक, ६ महिनामा कमायो १ अर्ब ६१ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १०:५२

१५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमासमा एनएमबि बैंकको खूद मुनाफा१ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरण योग्य नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

सोही आ.व. को दोश्रो त्रयमास सम्ममा बैंकको कूल निक्षेप १ खर्ब ४९ अर्ब रुपैयाँ र कूल कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । बैंकले यस आ.व. को ६ महिना भित्रमा निक्षेपमा १४.६१ अर्ब र कर्जा तथा सापटमा २१.८८ अर्बले वृद्घि गर्न सफल भएको छ ।

यस बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा रहेको बजार हिस्सा निक्षेप तर्फ ३.८६ प्रतिशत बाट वृद्घि भई ३.९५ र कर्जा तर्फ ४.१९ प्रतिशत बाट वृद्घि भई ४.४३ प्रतिशत पौष मसान्त सम्ममा पुगेको छ । त्यसैगरी, निक्षेपमा भएको वृद्घिमा बचत निक्षेपको हिस्सा ६५ प्रतिशत रहेको छ ।

कर्जा तथा सापट वृद्घि हुनुमा मुख्यतः कृषि, उर्जा, साना तथा मझौला कर्जा आदिको योगदान रहेको छ । बैंकले पौष मसान्त सम्ममा कूल ३,२३७ जना ग्राहकहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । यस आ.व.को पौष मसान्त सम्ममा बैंकको पूंजी कोष अनुपात १३.६८% रहेको छ भने निष्किृय कर्जाको अनुपात २.३८ प्रतिशत रहेको छ ।

एनएमबि बैंक विगत ४ वर्षमा ३ पटक “द बैंक अफ दि इयर” बाट सम्मानित भएको छ । विश्व बैंक अन्तर्गत रहेको आइएफसीबाट दोश्रो पटक पुनः अमेरिकी डलर २ करोड ५० लाख कर्जाको लागि समझदारी गरिसकेको छ ।

नेपालमै उक्त संस्थाबाट दुई वर्षमा लगातार कर्जा लिने यो एक मात्र बैंक हो । यस बैंकले गत वर्ष र यस वर्ष गरि दुई वटा विकास बैंकहरुलाई मर्ज/प्राप्ती गरि आफ्नो पहुँचलाई विस्तार गरेको छ ।

बैंकले देश भरीमा १८० वटा शाखा, ९ वटा एक्सटेन्सन काउन्टर र १३५ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएको छ । उपरोक्त वित्तीय तथा उपलब्धीहरु बैकले लिएको दिर्घकालीन रणनीति बमोजिम रहेको जानकारी गराउँदछौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?