Comments Add Comment

पाइरेसीको मारमा परेपछि युटुबमा रिलिज भयो ‘आमा’

पौष १० गतेबाट हल खुलेपछि प्रदर्शकहरुले चलचित्र ‘आमा’ पुनः रिलिज गरेका थिए । गतबर्षको फागुण ९ गतेबाट रिलिज भएको यो चलचित्र कोभिडको मारमा पनि पर्यो । जसलेगर्दा, चलचित्र हलमा रिलिज हुँदाहुँदै कोभिडका कारण हल बन्द भएपछि यसको असर ‘आमा’लाई परेको थियो ।

यसैले पनि प्रदर्शकहरुले हल खुलेपछि यो चलचित्र पुनः रिलिज गरेका थिए । चलचित्र हलमा रिलिज भएको ११ महिनापछि यसलाई युटुबमा पनि रिलिज गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रले आमाहरुको कथा भन्छ । चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्रलाई दर्शक र समिक्षकले निकै रुचाएका थिए । चलचित्रको विदेश प्रदर्शन पनि बाँकी नै थियो । तर, यो चलचित्र पाइरेसीको मारमा परेपछि युटुबमा रिलिज गरिएको हो ।
निर्देशक खनालले अनलाइनखबरसँग भने–‘विदेश प्रदर्शन त बाँकी नै थियो । तर, अब विदेशमा चलचित्र रिलिज कहिले हुन्छ भन्ने नै टुंगो छैन । फेरि, चलचित्र पाइरेसीको मारमा पनि पर्यो । यसैले पनि युटुबमा रिलिज गर्न हतार गरिएको हो ।’

यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो टिमले चलचित्र ‘चिसो मान्छे’ बनाउने तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment