+
+
Shares

केपी ओली अस्ताउँदा सूर्य हुन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १७ गते १६:२४

१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

शनिबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बहुमत पाएको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न नपाउने बताए । संविधानको ७६ (१) र (२) अनुसार बसेको प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न पाउँदैन भनेर सबैले भनेको भन्दै उनले भने, ‘संसद पुनर्स्थापना हुन्छ, केपी ओलीको बहिर्गमन हुन्छ, त्यसबाहेक अर्को विकल्प छैन ।’

अघि भने, ‘केपी ओली अस्ताउँदा सूर्य हुन्, त्यसैले अर्को पार्टी खोले एमाले । त्यो पार्टीको चिन्ह डाँडामा अस्ताउँदो सूर्य छ । त्यही अस्ताउँदै गरेको सूर्य बोकेर ओली विदा हुँदैछन् ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?