Comments Add Comment

क्युवामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा ५ को मृत्यु

१८ माघ, काठमाडौं । क्युवामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा चालक दलका सदस्यसहित पाँच जनाको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले पुष्टि गरेको छ ।

स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी शनिबार जानकारी गराएको छ ।

मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग निर्माण गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।

क्युवामा यस पहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावाहक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो भने एक जनालाई जीवितै उद्धार गरिएको थियो । त्यस पहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment