Comments Add Comment

महान्यायाधिवक्ताको स्पष्टीकरण : सरकारको प्रतिरक्षा गर्ने दायित्वबाट पन्छिन मिल्दैन

१९ माघ, काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद भंग गरेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र सदस्य अग्नि खरेलको पुरानो अभिव्यक्ति भाइरल बन्यो । दुबैले त्यसबेला अब प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने भनेका थिए र, अहिले संसद भंग हुँदा प्रधानमन्त्री ओलीको पक्षमा छन् ।

महान्यायाधिवक्ता भएकाले खरेल प्रतिनिधिसभा विघटनको बचाउ गर्नुपर्ने भएको छ । रिट निवेदकको तर्फबाट बहस गर्ने कतिपयले खरेलले कसरी बहस गर्नुहोला भनेर समेत प्रश्न उठाएका थिए ।

सोमबार बहस सुरु गर्दैगर्दा महान्यायाधिवक्ता खरेलले त्यसको जवाफ दिएका छन् । उनले भने, ‘सरकारको प्रतिरक्षा गर्ने दायित्व महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो । यो भूमिका मैले निभाउनुपर्छ, संवैधानिक दायित्वबाट पन्छिन मिल्दैन ।’

अघि भने, ‘मेरो विषयमा विद्वानहरूले प्रश्न उठाउनु भयो, चिन्ता गर्नुभयो । कसरी बहस गर्ला भन्नुभयो । संविधानसभाका एउटा सदस्य सपना (मल्ल प्रधान) श्रीमानलाई पनि कोट्याउनु भयो । के मेरा अभिव्यक्ति विवादास्पद थिए ? यो मुद्दा प्रभावित पार्ने खालका थिए ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment