Comments Add Comment

अमेरिकाको आधारभूत नेपाल नीतिमा परिवर्तन हुन्न : राजदूत बेरी

१९ माघ, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने बताएका छन् ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै बेरीले विश्वव्यापी प्राथमिकताहरु फेरिन सक्ने बताए । ‘तर, समग्र नीतिमा परिर्वतन हुँदैन’ उनले भनेका छन् ।

राजदुत बेरीले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली लगायत राजनीतिक दलका नेताहरुसँगको भेटमा वाइडन प्रशासनका प्राथमिकताहरु बारे आफूले जानकारी गराएको बताए । पछिल्लो समय उनले प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका थिए ।

बाइडनले सपथ ग्रहण लगत्तै अमेरिका र विश्वले भोगेका समस्याहरु समाधान गर्नका लागि नयाँ योजनाहरु सार्वजनिक गरेको जानकारी समेत उनले दिए । बाइडनले आज र भोलिका चुनौतीहरु सामना गर्नका लागि भिजन अगाडि सारेको उनको भनाइ थियो । उनले भने,‘सपथ ग्रहणसँगै बाइडनले कोभिड–१९ को चुनौती सामना गर्नका लागि तत्काल कदम चाल्नु भएको छ । कोरोना रोकथामका लागि घरेलु मात्र होइन्, अमेरिकाको विश्वव्यापी जिम्मेवारीलाई पूरा गर्नका लागि योजनाहरु अगाडि सानु भएको छ ।’ उनले कोभिडको आर्थिक र मानवीय असरहरु कम गर्ने जिम्मेवारी कुनै एउटा मुलुकको मात्र नभएर यो विश्वव्यापी समस्या भएको र यसको विश्वव्यापी समाधान भएको बताए ।

त्यसैगरी जलवायु परिवर्तन, मानव अधिकार, कोभिड–१९ नियन्त्रण, प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षण र प्रबर्द्धन नयाँ प्रशासनको प्राथमिकता भएको जानकारी राजदूत बेरीले दिए । उनले भने,‘बाइडेन प्रशासनले के विश्वास गर्छ भने अन्तर्राष्ट्रिय सहकार्य मार्फत विश्वका समस्याहरु प्रभावकारी रुपमा समाधान गर्न सकिन्छ । उनले विश्वका साझा समस्याहरु समाधान गर्नका लागि कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा नेपालका नेताहरुसँग छलफल गरेको पनि जानकारी दिए । उनले नेपाल जलवायु परिवर्तनको फ्रन्टलाइनमा रहेको बताउँदै बाइडनले पेरिस सम्झौतामा जोडिने निर्णय तत्काल लिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment