+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कांग्रेसले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन : रामचन्द्र पौडेल

रासस रासस
२०७७ माघ १९ गते १७:०५
फाइल तस्वीर

१९ माघ, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताएका छन् । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा सोमबार तनहुँमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका आवाज राख्नुपर्ने बताए ।

‘संसद् विघटन असंवैधानिक छ भनेर कांग्रेसले भनिसकेकाले यसको उपचार पनि कांग्रेसले खुलेर भन्नुपर्छ, मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न हुँदैन,’ उनले भने, प्रतिनिधिसभाको पुनर्स्थापना भएर मात्रै लोकतन्त्र र संविधान सही गतिमा आउँछ ।’ जनताले प्रतिनिधिसभालाई पाँच वर्षका लागि चुनेकाले प्रतिनिधिसभाको म्याद पाँच वर्ष नै हुनुपर्ने पौडेलले जिकिर गरे । ‘प्रतिनिधिसभा पुनर्स्थापन भएपछि मात्रै कांग्रेसको मन्तव्य र गन्तव्य प्रष्ट हुन्छ,’ उनले भने, ‘कांग्रेसको मन्तव्य यो कार्य अवैधानिक हो भनेर भन्ने र गन्तव्य भनेको वैधानिक बनाउने नै हो ।’

वरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरे । ‘सर्वोच्च अदालतले न्यायका पक्षमा फैसला गर्ने हुनाले कांग्रेस निर्णायक सङ्घर्षमा पुगेको छैन, हामी निर्णायक सङ्घर्षमा पुग्न नपरोस्,’ उनले भने, ‘अदालतप्रति आशा र विश्वास छ ।’

लोकतन्त्रको सिद्धान्तमाथि पटकपटक आक्रमण भइरहेको चर्चा गर्दै उनले नेताहरुको महत्वाकांक्षका कारण संसद् भंग हुने गरेको इतिहास रहेको दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, नेपाल महिला संघकी सभापति पवित्रा पौडेल लगायतले अदालतले संसद् पुनर्स्थापनाका पक्षमा फैसल गर्ने विश्वास व्यक्त गरेका थिए ।

 

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?