+
+
Shares

जनउत्थानले घोषणा गर्यो सबैभन्दा उच्च लाभांश

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते ११:४५

२० माघ, काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६÷७७ को मूनाफाबाट लगानीकर्ताहरुलाई बम्पर लाभांश घोषणा गरेको छ । सोमबार अपरान्ह बसेको संस्थाको संञ्चालक समिति बैठकले ५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यो चालु आर्थिक वर्षमा लाभांश घोषणा गर्ने सबै कम्पनीहरु भन्दा धेरै हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले सञ्चालक समितिले बोनस सेयर ४९.४० प्रतिशत र नगद लाभांश (कर प्रयोजनका लागि) २.६० प्रतिशत दिने निर्णय गरेको भन्दै नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएका छन् ।

अब नेपाल राष्ट्र बैंकले स्वीकृत दिएर साधारणसभाले पारित गरेपछि मात्रै लाभांश लगानीकर्ताले पाउनेछन् । जनउत्थानले घोषणा गरेको यस वर्षको सबैभन्दा उच्च हो । यस अघि नेपाल लाइफले ५१ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?