+
+
Shares

अटोमा गाँजा बोक्ने चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १४:४२

२० माघ, काठमाडौँ । मकवानपुरको नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-२ बस्ने ४१ वर्षीय राजेन्द्रबहादुर दमाइ रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई हेटौंडा उपमहानगरपालीका-१९ नेवारपानीस्थित सडकखण्डबाट मंगलबार पक्राउ गरेको हो ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.२.ह. ४१०९ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उनी पक्राउ परेका हुन् ।

चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किजी गाँजा, ६७ हजार नगद र भारु. २ हजार ५ सय पनि बरामद भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?