+
+
Shares

घुस लिएको आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १७:००

२० माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार श्रवण बस्नेतलाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-५ रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत बस्नेतले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार सेवाग्राहीसँग रकम माग गरिरहेको भन्‍ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले निगौल चोकबाट सोमबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?