
२१ मघ, जनकपुरधाम । प्रदेशसभा २ को तेस्रो वार्षिकोत्सव समारोहमा सहभागी एक महिला सांसद कुर्सीमै बेहाेस भएकी छन् । वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गरेकी महिला सांसद बेहोस भएकी हुन् । रक्तदान गरेर मञ्चीय कार्यक्रममा सहभागी भएकी सांसद किरण राय यादव कुर्सीमा बसेकै अवस्थामा एक्कासी बेहोस भएकी हुन् ।
उनी सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) की सांसद हुन् । कुर्सीमै अचानक बेहोस भएकी उनलाई अन्य सांसद र सचिवालयका कर्मचारीले प्रदेश सभा सचिवालय भवनको कोठामा लगेका छन् । उनको चिकित्सकले उपचार गरिरहेका छन् । महोत्तरी घर भएकी यादव समानुपातिक सांसद हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4