+
+

ओली पक्षको आमसभाका कारण २३ गते दरबारमार्गका पसल बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १५:३१

२१ माघ, काठमाडौं । सरकारी पार्टीको आमसभाका कारण शुक्रबार काठमाडौंको दरबारमार्गका पसलहरु बन्द हुने भएका छन् ।

नेकपा ओली समूहले शुक्रबार नारायणहिटी संग्रहालयको मुख्य गेटमै मञ्च बनाएर आमसभा गर्न लागेपछि व्यापारीहरुले सो दिन व्यवसाय बन्द गर्ने भएका हुन् ।

यसअघि कुनै पनि राजनीतिक कार्यक्रम र हडतालको सामना गर्नु नपरेका दरबारमार्गका व्यवसायीहरु राजनीतिक सभा हुन लागेकोमा असन्तुष्ट छन् ।

व्यवसायीहरुले महानगरपालिका र प्रशासनसमक्ष दरबारमार्गमा आमसभा नगर्न आग्रहसमेत गरेका थिए, तर सरकारी पक्षको आमसभा उनीहरुले रोक्न सकेनन् ।

अन्ततः कार्यक्रम सार्न असफल भएपछि व्यवसायीहरुले माघ २३ गते दरबार मार्गमा पसल व्यवसाय बन्द गर्ने निर्णयमा पुगेको स्रोतले बतायो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?