Comments Add Comment

सिराहाबाट दुई वर्षीय बालक बेपत्ता

२१ माघ, जनकपुरधाम । सिराहाबाट दुई वर्षीय बालक बेपत्ता भएका छन् । सिराहा नगरपालिका-१ बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा इशान्त मंगलबार साँझदेखि हराइरहेको प्रहरीले जनाएको छ । आफ्नै आँगनमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् ।

यद्यपि प्रहरीले अपहरण पुष्टि हुन नसकेको बताएको छ । सिराहाका प्रहरी प्रबक्ता शालिग्राम शर्माले बच्चा हराएको भनेर खबर आएको बताए । ‘जिल्ला प्रहरी कार्यालयमा पनि बच्चा हराएकै भनेर निवेदन आएको छ,’ उनले भने, ‘हामी तीब्र रुपमा खोजी गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment