Comments Add Comment

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रधानमन्त्री र गृहमन्त्रीसँग अनेम संघको माग

फाइल तस्वीर

२१ माघ, काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अराजक र आपराधिक अभिव्यक्ति दिनेलाई पक्राउ गर्न नेकपा ओली समूहका अखिल नेपाल महिला (अनेम) संघले माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई भेटेर अनेम संघले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अनुशासनहीन अभिव्यक्ति दिनेहरुलाई कानुनी कारबाहीमा ल्याउन माग गरेको छ ।

विशेषगरी राष्ट्रपति विद्या भण्डारीसँग जोडेर अभिव्यक्ति दिने रामकुमारी झाँक्रीलाई पक्राउ गरी कानुनी कारबाही चलाउन माग गरिएको छ । ‘एकल महिला भएकै कारण जुनखालको अपमानजनक ढंगले अभिव्यक्ति आयो, त्यो निन्दनीय छ । त्यसको प्रतिवाद गरेका छौं’, ज्ञापनपत्र बुझाएपछि नेतृ सुजिता शाक्यले भनिन् ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर अराजक अभिव्यक्ति दिने रामकुमारी बाहेक अरुलाई पनि फौजदारी ऐन अन्तर्गत कारबाही गर्न माग गरिएको शाक्यले बताइन् । रामकुमारीको अभिव्यक्ति भने राष्ट्रकै कलंकका रुपमा आएको उनले बताइन् । ‘जुन अभिव्यक्तिहरु आयो । त्यसको विरुद्धमा कार्बाही हुनुपर्छ । कानुनअनुसार कार्बाहीको दायरामा ल्याइनुपर्छ’, शाक्यले भनिन् । ‘आपराधिक प्रस्तुतिहरु निस्तेज गर्नुपर्छ । कानुनी प्रक्रियामा ल्याउनुपर्छ भनेको छौं, सकारात्मक प्रतिबद्धता पनि पाएका छौं’, शाक्यले भनिन् ।

प्रधानमन्त्री ओलीले भने सम्बन्धित निकायले सम्बोधन माग गर्ने बताए । गृहमन्त्रीले पनि आफ्नो ध्यानाकर्षण भएको टोलीलाई बताए । ज्ञापनपत्र बुझाउन गोमा देवकोटा, सुजिता शाक्य लगायतको टोली गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment