Comments Add Comment

भारतपछि खोप कूटनीति अगाडि बढाउँदै चीन

२२ माघ, काठमाडौं । भारतले खोप कूटनीतिमार्फत छिमेकी मुलुकमा प्रभाव जमाउने नीति लिए लगत्तै त्यसलाई काउन्टर गर्न चीनले त्यही नीति अख्तियार गरेको छ ।

भारतले नेपाल लगायत दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली मुलुकलाई अनुदानमा खोप उपलब्ध गराइसकेको छ ।

छिमेकी मात्र होइन्, केही अफ्रिकी र केही मुलुकलाई पनि भारतले अनुदानमा खोप उपलब्ध गराइरहेको छ ।

त्यस लगत्तै चीनले पनि भारतले अनुदान प्रदान गरेका मुलुकहरुलाई खोप दिने तयारी अगाडि बढाएको छ । चीनले नेपाललाई ३ लाख डोज खोप दिने घोषणा गरिसकेको छ । आन्तरिक र वाह्य माग धेरै हुँदाहुँदै पनि नेपाललाई खोप उपलब्ध गराउन थालिएको चीनले बताएको छ ।

त्यसैगरी चीनले म्यानमार, श्रीलंका, बंगलादेश, माल्दिभ्सलगायतका मुलुकलाई पनि खोप दिदैछ ।

यी मुलुकलाई यस अगाडि नै भारतले केही लाख खोप अनुदानमा उपलब्ध गराइसकेको छ । पाकिस्तानले यस अगाडि नै चिनियाँ खोप प्राप्त गरिसकेको छ ।

छिमेक बाहेक भारतले खोप उपलब्ध गराएका अन्य मुलुकलाई चीनले पनि खोप उपलब्ध गराउने घोषणा गरिरहेको छ । यसले एसियाका दुई मुलुक भारत र चीन खोप कूटनीतिमा प्रतिस्पर्धा गरिरहेको स्पष्ट देखाउँछ ।

यस अगाडि कोरोना महामारी सुरु भए लगत्तै मास्क, टेस्ट किटलगायतमा सामग्रीहरु उपलब्ध गराउने मामिलामा पनि दुई देशको विचमा प्रतिस्पर्धा देखिएको थियो ।
छिमेकमा मात्र होइन्, चीनले कोभ्याक्सलाई १० मिलियन डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

भारतले यस अगाडि नै कोभ्याक्सका लागि खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

चीनले विशेषत साना र कम विकसित मुलुकका आवश्यकताहरु पूरा गर्नका लागि कोभ्याक्सलाई खोप दिने लागेको बताएको छ ।

चीन गत वर्षमात्र कोभ्याक्समा संलग्न भएको हो । चिनियाँ सरकारी अधिकारीहरुले विभिन्न १६ वटा खोपको विभिन्न तहमा परीक्षण भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment