Comments Add Comment

वर्षा सिवाकोटी लेख्छिन्–‘राजनीति पद र पैसाले दुषित भयो’

नायिका वर्षा सिवाकोटीले देश र जनताको हितका लागि गरिने राजनीति पद, पैसा र निजी स्वार्थले दुषित भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा देशमा देखिएको राजनीतिक अवस्थाको बारेमा आफ्नो विचार राख्दै वर्षाले राजनीतिमा एकअर्काको अपमान गर्नु, व्यक्तिगत आक्रमण गर्नु, लान्छना लगाउनु सामान्य भएको भन्दै दुःख लागेको पनि बताएकी छिन् ।

उनले, विपक्षीको विचारको आलोचना मात्र नगरेर विवेकपूर्ण विश्लेषण र विमर्श पनि हुन आवश्यक रहेको बताएकी छिन् । जनताको मतको सम्मान हुने, कामप्रति निष्ठा र इमान्दारिता देखिने राजनीति आजका दिनमा कल्पना मात्र भएको उनको गुनासो छ ।

उनले, यस्तो प्रकारको राजनीतिक क्रियाकलापले समृद्ध नेपालको अवधारण कसरी सफल हुन्छ भनेर प्रश्न पनि गरेकी छिन् । उनले, यस्तो किसिमको राजनीति लामो समयसम्म देख्न नपरोस् भनेर कामना पनि गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment