
२२ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको ओली समूहले शुक्रबार आमसभा आयोजना गरेको नारायणहिटी दरबार संग्रहालय अगाडिको सडकका डिभाइडर हटाइएको छ ।
दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर बिहीबार हटाएर सडक खाली गरिएको छ । यहाँबाट हटाइएको डिभाइडर नारायणहिटी दरबार संग्रहालयको पर्खालमा अड्याएर राखिएको छ । शुक्रबार गर्ने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।
शुक्रबारको आमसभाका लागि मञ्च निर्माणलगायतको तयारी बिहीबारदेखि नै सुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4