+
+
Shares

थप १७१ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १७:२८

२२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ८७८ जनाको परीक्षण गर्दा ५९ जना महिला र ११२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६७ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने २०३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार २७७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ७७० जनाको होम आइसोलेसनमा छन् भने ६१ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?